नियम २७
अन्य कोषसम्बन्धी व्यवस्था
(१) सहकारी संस्थाको कुनै वर्षको खुद बचतको रकमबाट कम्तीमा पच्चीस प्रतिशत रकम ऐनको दफा ६८ बमोजिम जगेडा कोषमा जम्मा गरी बाँकी रहेको रकमलाई शत प्रतिशत मानी सोबाट कम्तीमा पच्चीस प्रतिशत रकम ऐनको दफा ६९ बमोजिम संरक्षित पूँजी फिर्ता कोष र शून्य दशमलब पाँच प्रतिशतले हुन आउने रकम ऐनको दफा ७० बमोजिम सहकारी प्रवर्द्धन कोषमा छुट्ट्याएर बाँकी रहेको रकमलाई शतप्रतिशत मानी देहाय बमोजिमका कोषहरूमा कम्तीमा पाँच प्रतिशत रकमको दरले छुट्याई वितरण गर्नु पर्नेछ :- (क) सहकारी शिक्षा कोष, (ख) शेयर लाभांश कोष, (ग) कर्मचारी बोनस कोष, (घ)। सहकारी विकास कोष, (ङ) घाटापूर्ति कोष, (च) सामुदायिक विकास कोष, (छ। ऐनको दफा १०३ को उपदफा (५) बमोजिम साधारण सभाले स्वीकृत गरेको स्थिरीकरण कोष, (ज) अन्य जोखिम व्यवस्थापन कोष । (२) उपनियम _ (१) को खण्ड (ग) बमोजिमको कर्मचारी बोनस कोषबाट रकम वितरण गर्दा बढीमा तीन महिनाको तलब भन्दा बढी नहुने गरी रकम वितरण गर्नु पर्नेछ।